Ad Image

व्यास नगरपालिकामा नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721819597.jpg

व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्था नभएसम्म कार्यालय परिसरमा फोहोर व्यवस्थापन गर्न लागेको हो ।  

 

नकुहिने र पुनः प्रयोगमा ल्याउन सकिने सामग्री व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा रहेकाले त्यसको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालय परिसरमा राखेर व्यवस्थापन गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन नहुँदा दमौली बजार क्षेत्रसँगै विभिन्न स्थानबाट साउन १ गतेदेखि उठाउन नसकिएको फोहोर सङ्कलन गर्न थालिएको छ ।

 


नगरपालिकाले यसअघि व्यास नगरपालिका(३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहोर व्यवस्थापन गर्दै आएकामा सम्झौता अवधि सकिएपछि फोहोर व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ ।