भेरी नगरपालिका–१, रिम्नाका बासिन्दा मुहान सुकेपछि पानी लिन पुग्छन अर्को जिल्ला
No Author Assigned | ११ महिना अगाडि
भेरी नगरपालिका–१, रिम्नाका बासिन्दाले प्रयोग गर्दै आएको मुहानको पानी सुकेपछि छिमेकी जिल्ला रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउने गरेका छन ।
करिब पाँच किलोमिटर टाढा भेरी नगरपालिका–१, पिपेखोला गैरी खेतको मुहानको पानी खाएका ३२५ घरपरिवार धारामा पानी आउन छाडेपछि रुकुमपश्चिम सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट गाग्रीमा बोकेर खानेपानीको जोहो गर्दै आएका छन् ।
गत वर्ष कात्तिक १७ गते राति गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि यस्तो समस्या आएको हो । भेरी नगरपालिका–१, रिम्नास्थित दिलमाया रानाका अनुसार गाउँबस्तीका धारामा पानी आउन छाडेको करिब नौ महिना भयो ।