धनगढी उपमहानगर वासीले अब निःशुल्क रगत पाउने!


धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन्।
धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो । सम्झौताअनुसार उपमहानगरपालिकाभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन्।
नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले तिर्ने सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिए । उपमहानगरले रेडक्रस शाखा धनगढीलाई त्रैमासिकरुपमा रकम भुक्तानी गर्नेछ ।
चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखाले निः शुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ ।