Ad Image

प्रधानमन्त्री कार्यालयले राष्ट्रिय प्रतिभा पुरस्कारका लागि २ व्यक्ति सिफारिस गर्न स्थानीय तहलाई गर्यो पत्रचार

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725356503.jpg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक वर्ष प्रदान गर्दै आएको ५ लाख रुपैयाँ बराबरको राष्ट्रिय प्रतिभा पुरस्कारका लागि २ जना प्रतिभाशाली व्यक्तिको नाम सिफारिस गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ।

 

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने वालवालिका, युवा, र प्रतिभाशाली व्यक्तिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।

 

प्रधानमन्त्री कार्यालयले २४ भदौ भित्र सिफारिस पठाउन निर्देशन दिँदै, असोज १ मा पुरस्कार प्रदान गरिने जनाएको छ। यो पुरस्कार २०७५ सालमा अमेरिकी सरकारले दिएको १ लाख अमेरिकी डलरको कोषबाट स्थापना गरिएको हो।