Ad Image

शुक्लागण्डकी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सुरु गर्यो ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725353569.jpg

तनहुँको शुक्लागण्डकी नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम अन्तर्गत शिक्षा योजना निर्माण कार्यदल गठन गरेको छ। 

 

नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज चापागाईँको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले नगरपालिकाको शैक्षिक योजना निर्माण, वार्षिक प्राथमिक योजना छनौट, र शैक्षिक बजेट मूल्याङ्कन गर्ने काम गर्नेछ। नगर प्रमुख कृष्णराज पण्डितका अनुसार चालु शैक्षिक सत्र २०८१ लाई ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ घोषणा गरिएको छ।

 

सामुदायिक विद्यालयहरूमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्ने निर्णय कार्यान्वयन गर्न, विद्यार्थी संख्याको आधारमा प्रोत्साहन अनुदान प्रदान गरिनेछ। नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, तथा शिक्षकका सन्ततिलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गरिने निर्देशन पनि दिइएको छ।

 

शैक्षिक गुणस्तर र सुशासन संवर्द्धनका लागि नगर कार्यपालिकाले नियमित विद्यालय अनुगमन गरी प्रतिवेदन पेस गर्ने प्रावधान पनि राखिएको छ। यस्तै, कार्यदलका सदस्यहरूलाई योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा दुई दिनको अभिमुखीकरण कार्यक्रम पनि प्रदान गरिएको छ।