मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

User Image मेयरसाप डेस्क | २०८३ कात्तिक १८ गते १४:०६
Image of https://mayorsap.com/storage/photos/shares/manoj-kc-aig.jpg

सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । डा. केसीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व सम्हालेपछि भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्रीलाई जानकारी नै नदिई पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेका थिए ।

चन्द्रकुबेर खापुङ आईजीपी बनेपछि मन्त्रिपरिषद्ले डा. केसीलाई फेरि सीआईबी प्रमुखको जिम्मेवारी दिएकाे थियो । उनले त्याे बेला पनि सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेर अनुसन्धान थाले। डा. मनोज केसी प्रहरीभित्र साहसिक, निर्णयशील र अनुसन्धानमुखी अधिकारीको रूपमा चिनिन्छन्। पछिल्लाे समय उनी आइजीपी दानबहादुर कार्कीविरुद्ध रहेकाे समाचारहरु सार्वजनिक भइरहेकाे छ ।


Facebook Comments