Ad Image

मेलौली नगरपालिका–९मा खाद्य सङ्कट समाधान गर्न सामुदायिक नीति लागू

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1725684894.jpg

बैतडीको मेलौली नगरपालिका–९, विशालपुरले खाद्य सङ्कट र बेरोजगारीको सामना गर्दै बाँझो जग्गाको उपयोग गर्न तथा पर्यावरणीय सन्तुलन कायम राख्न 'सामुदायिक नीति, २०८१' जारी गरेको छ। वडामा खाद्य सङ्कटसँगै जनधनको जोखिमलाई न्यूनीकरण गर्दै सामूहिक खेती, जलवायु अनुकूलन खेती, रैथाने बीउ संरक्षण, रिचार्ज पोखरी निर्माण, घाँस खेती, र वृक्षरोपणजस्ता कार्यक्रम अघि सारिएका छन्।

 

विशालपुर गाउँका ३५६ परिवारमध्ये हाल कोदो खेती गर्ने परिवारको संख्या घटेर ६० मात्रै रहेको र वार्षिक खाद्यान्न उत्पादन आवश्यकताभन्दा निकै कम रहेको तथ्याङ्कले देखाएको छ।

 

वडाध्यक्ष लोकराज भट्टका अनुसार, स्थानीय बासिन्दा र वडा कार्यालयको साझेदारीमा सामुदायिक नीति लागू गरिएको हो। नगरप्रमुख भीमबहादुर चन्दले सामूहिक खेतीको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै वडावासीलाई आत्मनिर्भर बनाउन कृषि उत्पादन बढाउन आवश्यक रहेको बताए।

 

बाँझो जग्गा उपयोग र वृक्षरोपण
खाली जग्गामा धान, फलफूल, र सुक्खा फलफूलखेती गर्ने योजना सहित ५,००० बिरुवा रोपिएका छन्।