हिमा गाउँपालिका साक्षर घोषणा


जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ। यससँगै, हिमा गाउँपालिका जुम्लाको पहिलो साक्षर स्थानीय तह बनेको छ। जुम्लाका आठ स्थानीय तहमध्ये हिमा पहिलो साक्षर स्थानीय तह बनेको हो।
गाउँपालिकाका ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएपछि साक्षर घोषणा गरिएको हो। १२ हजार ९०४ कुल जनसंख्यामध्ये १२ हजार २५६ जना साक्षर रहेका छन्।
तथ्यांकअनुसार, स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५, स्नातक तह उत्तीर्ण १५५, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण ८०० जना रहेका छन्। साथै, उच्च माविसम्म अध्ययन गरेका एक हजार १९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका ९५०, र माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका एक हजार ६४८ जना छन्।
बालविकासतर्फ सामान्य साक्षरको संख्या ४२२ जना र पालिकामा रहेका प्रौढ जनसंख्या एक हजार ६६० जना रहेका छन्। विद्यालय उमेरका पाँच हजार ३७० जना साक्षर रहेको तथ्यांकले देखाएको छ।