Ad Image

महादेवा गाउँपालिकामा कृषकलाई निःशुल्क विद्युत् सुविधा

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726212462.jpeg

सप्तरीको महादेवा गाउँपालिका–२ का कृषकलाई सिँचाइका लागि विद्युत् महसुल वडा कार्यालयले तिरिदिने व्यवस्था मिलाएको छ। 

 

यस वर्ष महादेवा गाउँका कृषक नेपाली मण्डलले डेढ बिघा खेतमा धान रोप्न प्रयोग गरिएको मोटरको विद्युत् महसुल वडा कार्यालयले व्यहोरेको छ। मण्डलजस्तै, सत्यनारायण रजकले पनि दुई बिघा खेत सिँचाइ गर्दा महसुल तिर्नु परेन, जसले गर्दा उनले यस वर्ष १० हजार रुपियाँ बचत गरेको बताए।

 

महादेवा गाउँपालिका–२ भित्रका कुनै पनि कृषकलाई सिँचाइका लागि विद्युत् महसुल बुझाउन नपरेको वडाध्यक्ष जागेश्वरप्रसाद इसरले बताए। वडाले सम्पूर्ण कृषकको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरण हनुमाननगर वितरण केन्द्रमा एकमुष्ट रूपमा बुझाउने व्यवस्था मिलाएको छ। इसरले आफ्नो कार्यकालभर कृषकलाई यो सुविधा निरन्तर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै यसबाट कृषकलाई ठूलो राहत भएको बताए।

 

वडाभित्र सिँचाइ सुविधासँगै अन्य क्षेत्रहरूमा पनि विकासका काम अघि बढाइएको छ। स्थानीय हरी साफीका अनुसार, यस व्यवस्थाले कृषकलाई आर्थिक रुपमा धेरै राहत पुगेको छ भने उत्पादनमा वृद्धि हुँदै गएको छ।