Ad Image

ऐरावती गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726216491.jpg

प्युठानकाे ऐरावती गाउँपालिकामा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु भएको छ। 

 

जिल्ला प्रशासन कार्यालयले गाउँपालिकासँगको समन्वयमा वडाबाटै परिचयपत्र वितरण थालेको हो। बिहीबार १ र २ नम्बर वडामा वितरण गरिएका परिचयपत्र शनिबारसम्म सबै वडामा वितरण गर्ने योजना छ। निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माका अनुसार, भौगोलिक कठिनाइलाई ध्यानमा राखी वडाबाटै वितरण गरी सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन प्रयास गरिएको छ। उनले यसले समय र पैसाको बचत हुने विश्वास लिएको बताइन्।  

 

जिल्लाका अन्य स्थानीय तहमा पनि यो प्रक्रिया निरन्तरता दिने योजना रहेको छ। वडा स्तरमा पुगेर गरिएको परिचयपत्र वितरणले सेवाग्राहीलाई सजिलो भएको र उनीहरूले खुसी व्यक्त गरेका छन्। आर्थिक वर्ष २०८०-०८१ मा प्युठानमा १७,९३८ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका थिए।