Ad Image

पेरिस प्यारालिम्पिकमा ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरले गर्यो सम्मान (तस्विरसहित)

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726385725.jpg

पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। 

 

आइतबार पोखरामा आयोजित एक समारोहमा मेयर धनराज आचार्यले गोवर्धनलाई २ लाख २२ हजार २२२ रुपियाँ नगद र सम्मानपत्र प्रदान गरेका हुन। मेयर आचार्यले पलेसाको सफलता नेपाली खेलकुदका लागि गर्वको विषय भएको भन्दै उहाँको जितले खेल क्षेत्रमा नयाँ उत्साह थपेको बताए। "नेपालकी छोरी पलेसाले प्राप्त गरेको यो सफलता समग्र नेपाली खेलकुद जगतकै लागि प्रेरणादायक छ," उनले भने।

 

सोही कार्यक्रममा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।

 

पलेसाले पेरिस प्यारालिम्पिकको ५७ केजी तौलसमूहमा सर्वियाली खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी हुन्। पलेसा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। उनले २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण पदक जितेर चर्चामा आएकी थिइन्। पलेसा २०१० देखि तेक्वान्दो खेलमा सक्रिय छिन्।

तस्विरहरु