Ad Image

केराबारी गाउँपालिकाको प्रशासनिक भवन निर्माण ९२ प्रतिशत

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726386568.jpg

उत्तरी मोरङको केराबारी गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य ९२ प्रतिशत सम्पन्न भएको छ।


पालिका अध्यक्ष सुमन मिरिङचिङका अनुसार साबिक केराबारी गाविसको साँघुरो भवनबाट सञ्चालन भईरहेको पालिकाको काम आगामी सातासम्म पालिकाकै प्रशासनिक भवनबाट संचालन हुनेछ। काठमाडौँको श्रीड्रयागन।विके।कामाख्य जेभीले २०७७ साल फागुन ११ गते प्रशासनिक भवन निर्माण गर्ने  सम्झौता गरी सोही वर्षको चैत ६ गते निर्माणको काम थालेको  थियो ।

 

सङ्घीय सरकारको ४ करोड ४७ लाख १६ हजार ९७५ रुपियाँ २६ पैसामा ठेक्का सम्झौता भई काम सुरु गरेको निर्माण कम्पनीले २०७९ सालको फागुन १३ गते काम सम्पन्न गरी भवन हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड लगायतले काम रोकिदा निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ ।

 

कम्पनीका सञ्चालक विमलकुमार जोशीका अनुसार पालिकालाई भवन लगभग हस्तान्रण भईसकेको छ। उनका अनुसार पालिका भवनको श्रृगारमा काम भईरहेको छ ।

 

२२ कोठाको पालिका भवन साढे तिन तलाको छ ।