Ad Image

पनौती नगरपालिका बालश्रममुक्त नगर घोषणा

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726388178.jpeg

पनौती नगरपालिका बालश्रममुक्त नगर घोषणा भएको छ। 

 

शनिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रस्तावमा पनौतीलाई बालश्रममुक्त नगर घोषणा गरेका हुन्। बालबालिकाको श्रमशोषणले उनीहरूलाई शिक्षा, स्वास्थ्य, र परिवारसँग बस्ने अधिकारबाट वञ्चित गराउँदै आएको भन्दै पनौती नगरपालिकाले बालश्रममुक्त नगर घोषणा गरेको हो। 

नगरप्रमुख भण्डारीले बालश्रम निवारणको लागि विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै नगरपालिकाको १२ वटै वडालाई बालश्रममुक्त घोषणा गरेको जानकारी दिए। 

 

कार्यक्रममा मुख्यमन्त्री लामाले बाल अधिकार सुनिश्चित गर्न बालश्रममुक्त घोषणा महत्त्वपूर्ण भएको बताए।