Ad Image

मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य क्षेत्रमा प्रथम

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726557958.jpg

लमजुङ। लमजुङ जिल्लाका आठ स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिकाले स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा पहिलो स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यालय लमजुङले स्वास्थ्यसम्बन्धी विभिन्न सूचकहरूको मूल्यांकनमा मर्स्याङ्दी गाउँपालिकालाई पहिलो घोषणा गरेको हो।

 

आर्थिक वर्ष २०८०/८१ को स्वास्थ्य गतिविधिका मुख्य सूचकहरूमा ८४.८ अंक ल्याएर मर्स्याङ्दी पहिलो स्थानमा आएको हो। मध्य नेपाल नगरपालिकाले ८४।१ अंकसहित दोस्रो स्थान हासिल गर्दा सुन्दरबजार नगरपालिकाले ७८.९ अंकसहित तेस्रो स्थानमा रह्यो।

 

पहिलो, दोस्रो, र तेस्रो स्थान हासिल गर्ने स्थानीय तहहरूलाई सम्मानपत्र र ट्रफी प्रदान गरिएको छ। यसअघि मध्य नेपाल नगरपालिकाले दुई आर्थिक वर्षसम्म पहिलो स्थान प्राप्त गरेको थियो।