Ad Image

कैलारी गाउँपालिकाले गर्यो अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726559002.jpeg

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले सेवाबाट अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद पुरस्कारसहित बिदाइ गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा अवकाश लिएका सातजना स्वास्थ्यकर्मीलाई एक लाख नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरेको हो।

 

अवकाश प्राप्त गर्नेमा कैलारी–५ की सुशीलादेवी चौधरी, भोजलदेवी चौधरी, लहियादेवी थारु, कल्टीदेवी चौधरी, लहियादेवी थारु (खरुवाखेरा), सोनियाँदेवी थारु र दुरपति चौधरी रहेका छन्।

 

उनीहरूले तीन दशकसम्म निःस्वार्थ रूपमा गाउँमा सेवा गर्दै आएको भन्दै गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले नगद र सम्मानसहित बिदाइ गर्नुभएको हो। गाउँपालिकाले नीतिगत निर्णयअनुसार बिना तलब काम गरेका स्वास्थ्य स्वयंसेविकालाई एक लाख रुपियाँ नगद दिने व्यवस्था गरेको बताइएको छ।

 

कैलारी गाउँपालिकामा हाल १२५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।