स्थानीय तहमा दलविहीन निर्वाचनको पक्षमा अध्यक्ष उपेन्द्र यादव
यादवले दलगत निर्वाचन प्रणालीलाई प्रदेश र संघमा मात्र सीमित गर्नुपर्ने धारणा राख्दै, स्थानीय तहको चुनाव दलको प्रभावबाट मुक्त हुनु आवश्यक रहेको बताए।
No Author Assigned | २०८१ असोज ४ गते १३:०७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा दलविहीन आधारमा निर्वाचन गराउनुपर्ने बताएका छन्।
यादवले दलगत निर्वाचन प्रणालीलाई प्रदेश र संघमा मात्र सीमित गर्नुपर्ने धारणा राख्दै, स्थानीय तहको चुनाव दलको प्रभावबाट मुक्त हुनु आवश्यक रहेको बताए। उनले दलविहीन स्थानीय निर्वाचनले स्थानीय सरकारलाई जनताको प्रत्यक्ष स्वामित्वमा ल्याउन मद्दत गर्ने तर्क गरेका छन्। दलगत राजनीतिले स्थानीय तहमा सत्ताको दुरुपयोग र भ्रष्टाचारको समस्या ल्याएको भन्दै, यसलाई हटाएर वास्तविक जनप्रतिनिधिहरूको चयन गर्नुपर्ने उनको सुझाव छ।
साथै, यादवले वर्तमान निर्वाचन प्रणाली महँगो र विकृतिपूर्ण रहेको भन्दै, पूर्ण समानुपातिक र समावेशी प्रणालीमा आधारित निर्वाचनको माग गरेका छन्।
Facebook Comments