Ad Image

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रगति प्रतिवेदन बुझाउँदै गरे आफ्नो कार्यकाल समापन

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726894910.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आफ्नो ७ महिना २५ दिनको कार्यकालमा भएका महत्वपूर्ण कामहरूको विवरण समावेश गरिएको 'प्रगति प्रतिवेदन' महानगर प्रमुख बालेन्द्र शाहलाई बुझाएका छन्। परियारले संस्थागत सूचना र सम्पन्न कार्यहरूको अभिलेखन हस्तान्तरण गर्दै संस्थागत सुदृढीकरणमा नयाँ आयाम थाल्ने अपेक्षा व्यक्त गरेका छन्।

 

प्रतिवेदन बुझ्दै प्रमुख बालेन्द्र शाहले परियारका कामहरूको प्रशंसा गर्दै उनलाई मायाको चिनो प्रदान गरेका थिए। परियार नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ २७ गतेको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका हुन्। 

 

विदाइ कार्यक्रममा परियारले नेतृत्वलाई सफल बनाउँदा कर्मचारीहरू पनि सफल हुने बताउँदै बजेट नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको र त्यसलाई प्रभावकारी बनाउने दिशामा काम भइरहेको जानकारी दिए। उनले आफ्नो कार्यकालका उपलब्धिहरूको चर्चा गर्दै पुँजीगत खर्च उच्च रहेको, एकीकृत सेवा केन्द्र सञ्चालन गरिएको, र विद्युतीय शासन प्रणालीमा सुधार ल्याइएको बताए।

 

कार्यक्रममा प्रशासन विभाग प्रमुख नमराज ढकालले परियारको कार्यकालमा संस्थागत सुधारका लागि अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) मा गहन काम भएको उल्लेख गर्दै परियारका थालनी गरिएका कामलाई निरन्तरता दिइने जानकारी दिए।