Ad Image

७८ वर्षीया धनकुमारी र ५२ वर्षीय पुजानले सुरु गरे नातिनीहरूसँगै विद्यालय जान

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726982862.jpg

खोटाङ ।  ‘पढाइलाई उमेरले छेक्दैन’ भन्ने भनाइलाई खोटाङ जिल्लाका धनकुमारी राई (७८) र पुजान दर्जी (५२) ले प्रमाणित गरेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाका यी दुई महिलाले आफ्ना नातिनीहरूसँगै कक्षा १ मा अध्ययन गर्न सुरु गरेका हुन्।

  

धनकुमारी र पुजान आफ्ना नातिनीहरू परिसा राई र स्नेहा दर्जीसँग सरस्वती माध्यमिक विद्यालय, पाथेकामा भर्ना भएका छन्। विद्यालयमा नियमित रुपमा जान थालेका उनीहरू विद्यालयका शिक्षिकाको सुझावमा पढाइ पुनः सुरु गर्न राजी भएका हुन्।  

 

धनकुमारी र पुजानले नागरिकता प्रमाणपत्रसहित विद्यालयमा भर्ना भएका थिए। बाल्यकालमा पढ्न नपाएको रहर पूरा गर्न लागेको भन्दै पुजानले पढ्नको लागि रहर मात्रै नभएर सिकाइले जीवनमा आउने परिवर्तनलाई महत्व दिएको बताइन्। प्रधानाध्यापक उत्रप्रसाद राईका अनुसार उनीहरूको यो कदमले अरूलाई पनि प्रेरणा दिएको छ।

 

सरस्वती माविमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जहाँ ११ कक्षाको पढाइ पनि स्थानीय सहयोगबाट सुरु गरिएको छ।