Ad Image

कमलामाई नगरपालिकामा कोरियाली गाईबाट जन्मिएका बाछी किसानलाई हस्तान्तरण

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726987020.jpg

सिन्धुली । कमलामाई नगरपालिकामा ‘मिल्की वे’ परियोजना अन्तर्गत कोरियाबाट प्राप्त उन्नत जातका गाईबाट जन्मिएका बाछी किसानलाई उपहारस्वरूप हस्तान्तरण गरिएको छ। हेफर इन्टरनेशनलले आफ्नो ८०औँ वार्षिकोत्सवका अवसरमा यो कार्यक्रम सम्पन्न गरेको हो।

 

सन् २०२२ मा दक्षिण कोरियाले ‘मिल्की वे’ परियोजनाका लागि नेपाललाई होलिस्टिन प्रजातिका गाई र साँढे उपहार दिएको थियो। ती गाईबाट जन्मिएका बाछीहरू स्थानीय किसानलाई वितरण गरी किसानको जीवनस्तर सुधार गर्ने उद्देश्य राखिएको छ।

 

कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई वितरण गरिएको थियो, जसबाट जन्मिएका बाछीहरू थप किसानलाई हस्तान्तरण गरिंदैछन्। नगर प्रमुख उपेन्द्र पोखरेलले कोरियाली गाईको आगमनपछि दूध उत्पादन दोब्बर भएको र यसले किसानलाई आर्थिक रूपमा सशक्त बनाएको बताए।

 

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ परियोजनाले किसानको आयस्तर सुधारमा उल्लेखनीय भूमिका खेल्ने धारणा राखे ।