Ad Image

स्याङ्जामा गँड्यौले मल उत्पादन र बजारीकरणका लागि कृषि परियोजना सुरु

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1727008347.jpg

स्याङ्जा ।  गँड्यौले मलको उत्पादन र बजारीकरणका लागि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा कृषि परियोजना सुरु गरिएको छ। रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै ट्राइको भर्मिकम्पोष्ट तथा प्राङ्गारिक मलको प्रयोगमा किसान, पशु कृषक र साना किसान कृषि सहकारीलाई जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा आएको हो।

 

नेपालमा प्राकृतिक स्रोतको उपयोगमार्फत उद्यम विकास र उत्थानशीलता प्रवर्द्धन गर्ने ‘प्रेरणा’ नामक परियोजना १५ महिनासम्म सञ्चालन हुनेछ। आइडिको सहयोगमा स्याङ्जाको आपसी सहयोग केन्द्रले यस परियोजना सँगै काम थालेको जनाएको छ।

 

आइडी नेपालका क्षेत्रीय संयोजक सुमन श्रेष्ठले ट्राइको भर्मिकम्पोष्ट मलको उत्पादन, लेबलिङ, प्रशोधन र बजारीकरणका लागि नेटवर्क बनाउने योजना रहेको जानकारी दिए । उनले वालिङ र गल्याङ नगरपालिकाका सहकारीमार्फत किसानहरूलाई परियोजनामा सहभागी गराउने बताए ।

 

परियोजनामा किसानसँग साझेदारी गर्दै स्थानीय तहसँग समन्वयकारी भूमिका आवश्यक रहेकोमा उहाँले जोड दिएका छन। यसै क्रममा सरोकारवालाबिच अभिमुखीकरण र अन्तरक्रिया बैठक गरिएको आपसी सहयोग केन्द्र नेपालका अध्यक्ष रुकुमदत्त शर्माले जनाए ।