Ad Image

भरतपुर महानगरले पुङ्गी खोला अतिक्रमण हटाउँदै, लायन्स भवनमा चल्यो डोजर

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1727342330.jpg

भरतपुर ।  भरतपुर महानगरपालिकाले पुङ्गी खोला अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन थालेको छ। बुधबार विहान मेयर रेणु दाहालको उपस्थितिमा महानगरले नारायणगढमा ३ धुरमा बनेको पाँच तलाको लायन्स भवनसहित तीन वटा भवनमा डोजर चलाएको हो।

 

महानगरपालिकाले यसअघि २०८० वैशाख २१ गते पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो। भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घरटहरा लगायतका संरचना भत्काउने निर्णय गरेको थियो।

 

पुङ्गी खोलाको सिमाङ्कन र संरक्षण महानगरको गौरव परियोजनामा समावेश गरिएको छ। पहिलो चरणमा ३५५ मिटर क्षेत्रमा बोटविरुवा रोप्ने, वृक्षरोपण, फुटपाथ, रिटेनिङवाल, रेलिङसहितको संरचना निर्माण गरिने योजना रहेको छ।