Ad Image

नौबिसे–काठमाडौँ सडक अवरुद्ध

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1727430096.jpg

मलेखु (धादिङ), ११ असोज : त्रिभुवन राजपथ अन्तर्गत नौबिसे- नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ ।     
     
 धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् ।     
     
काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ ।