Ad Image

भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालन

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1727433475.jpg

मकवानपुर, ११ असोज: पहिरोका कारण आज बिहादेखि अवरुद्ध हेटौंँडा–कुलेखानी–फाखेल भएर काठमाडौँ जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।


 जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौंँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ मा सडकमाथिबाट लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । प्रहरी, सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाएर आवागमन नियमित गरिएको हो ।