गोदावरी नगरपालिकाले मृतक परिवारलाई २ लाख राहत दिने


काठमाडौँ
असोज १३ गते,
केही दिन देखि परिरहेको अविरल वर्षाका कारण ठुलो संख्यामा धनजनमा क्षती पुगेको छ। ललितपुरको गोदाबरी नगरपालिको सबै वडाहरुमा भिषण वर्षाका कारण वाढी एवं पहिरो गएको र विभिन्न उपाय अपनाउदा पनि रोकथाममा कठिनाई भईरहेको छ ।
गोदावरी नगरपालिकाका सबै क्षेत्रमा भिषण वर्षाले मानविय तथा भौतिक संरचनाहरुमा ठुलो क्षती पुऱ्याएको विषम परिस्थिति छ। नगरक्षेत्रको खोलाहरुको वहाव तिव्र हुदां आसपासका वस्ति डुवानमा परेका छन र पहिरोको प्रकोपले ग्रामिण क्षेत्रका बासिन्दाको जनजिवन अस्तव्यस्त भएको छ ।
नगरपालिका द्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिको अनुसार पहिरो र डुवानले विभिन्न वडामा हाल सम्म १३ जनाले जीवन गुमाई सकेका छन । जारी विज्ञप्तिमा मृतकका परिवारजनलाई राहत स्वरुप प्रति परिवार रु. २,००,०००।- उपलब्ध गराउने नगरकार्यपालिकाको आकस्मिक बैठकबाट निर्णय गरिएको छ ।
बाढी पहिरो पिडित नगरबासीलाई सम्बन्धित वडा कार्यालयको समन्वयमा उचित राहतको व्यवस्थापन गरिने छ ।