Ad Image

उद्धारमा हेलिकप्टर परिचालन

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1727600465.jpg

बाढी तथा पहिरोका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएपछि उक्त क्षेत्रमा फसेकाको उद्धारका लागि परिचालन गरिएको नेपाली सेनाको दुई हेलिकप्टर र धुलिखेलमा ओर्लिएका हवाई यात्रु । सोही क्षेत्रमा शनिबार अलपत्र परेका करिब १५० यात्रु धुलिखेल ल्याइसकिएको छ भने अझै करिब ५०० ल्याउन बाँकी रहेको जनाइएको छ । घाइते, बिरामी तथा अशक्तलाई धुलिखेल अस्पतालमा उपचारको व्यवस्था मिलाइएको जिल्ला व्यवस्थापन समितिले जनाएको छ । तस्बिरः राजकुमार पराजुली