Ad Image

बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको २०/२० लाख सहयोग

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1728191481.jpg

काठमाडौँ 
असोज २० गते ,
काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा सङ्कट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। 
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका,रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् ।
आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरूलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो। आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरूलाई पत्राचार गरिएको छ। बाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरूलाई ‘विपद् व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो । लत्ताकपडा,खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ। यस्तो मानवीय संकटमा राहत र पुनःस्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो ।