मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

स्वास्थ्य क्लिनिक

संस्कृति

बालेन शाह

बारेकोट गाउँपालिका

सामुदायिक विद्यालय

मनहरी गाउँपालिका

काठमाडौं महानगरपालिका

बालेन शाह

पकरीमा आधारभुत स्वास्थ्य सेवा केन्द्र

गाउँपालिका अध्यक्ष मण्डलले मा.वि. विद्यालय नजिक रहेको र जनसंख्याको चाप समेत रहेकोले यस ठाउँमा आफुले आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न पहल गरेको बताए । यस ठाउँमा रहेको पकरी स्वास्थ्य चौकी आफ्नै जग्गामा निर्माण भएको भवनमा गए पछि जनसंख्या बढी रहेको यस ठाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्नु परेको उनको भनाइ छ ।

Mayorsap,विवेक मण्डल

सोम, असोज २१, २०८१ | ०८:१३ बजे

काठमाडौँ 
असोज २१ गते,
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रम बीच शुभारम्भ भएको छ । गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले ब्यानर पढेर  स्वास्थ्य केन्द्र शुभारम्भ गरेका हुन्  । स्वास्थय सेवा केन्द्रमा गाउँपालिका अध्यक्ष मण्डललाई जनस्वास्थ्य निरीक्षक भोला प्रसाद यादवले ब्लडप्रेसरको जाँच गरी सेवाको सुभारम्भ गरेका थिए । 
गाउँपालिका अध्यक्ष मण्डलले मा.वि विद्यालय नजिक रहेको र जनसंख्याको चाप समेत रहेकोले यस ठाउँमा आफुले आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न पहल गरेको बताए । यस ठाउँमा रहेको पकरी स्वास्थ्य चौकी आफ्नै जग्गामा निर्माण भएको भवनमा गए पछि जनसंख्या बढी रहेको यस ठाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्नु परेको उनको भनाइ छ । 
महादेवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बृहस्पती रामको अध्यक्षता तथा गा.पा अध्यक्ष मण्डलको प्रमुख आतिथ्य एवम् गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादव र प्रमुख प्रशासकिय अधिकृत राम लखन यादवको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका सह संयोजक ललित कुमार यादव,पत्रकार देवराम यादव,स्थानीय उपेन्द्र मण्डल,मा.वि पकरीका प्रधानाध्यापक नागेन्द्र प्रसाद सिंह,वडा अध्यक्ष जयश्वर किशोर दास लगायतले  शुभकामना मनतब्य व्यक्त  गरेका थिए । 
यस केन्द्रबाट खोप,पोषण लगायतका रोगीहरुलाई सेवा प्रदान गर्न तीन जना जनशक्ति साथै आवश्यक औषधी व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । हाललाई यस आधारभुत स्वास्थ्य सेवा केन्द्रमा जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद यादव,सिनियर अनमी आदिति देव र का.स.उषा यादवबाट खोप,पोषण,सरुवा रोग,लगायतका सेवा प्रवाह हुने महादेवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामले बताए  ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology