Ad Image

जनकनन्दिनी गाउँपालिकासँग प्रदेश र केन्द्रका साँसद मन्त्रीहरु विभेद गर्दै आएको छः अध्यक्ष यादव

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1728463261.jpeg

काठमाडौँ 
असोज २३ गते,
धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले प्रदेश र केन्द्रका मन्त्री,साँसदहरुले स्थानीय सरकारलाई  विभेद गर्दै आएको बताएका छन् । आफूलाई निर्वाचित भएको ३० महिनामा आधा दर्जन केन्द्रका साँसद मन्त्रीहरु जनकनन्दिनी गाउँपालिका आएको बताउँदै गाउँपालिका विकासको लागि स्थानीय सरकारसँग कुनै समन्वय नगरेको भन्दै आक्रोस पोखेका छन् । 
उनले आफ्नो फेसबुकमा लामो् स्टेटस लेख्दै जनकनन्दिनी गाउँपालिकाको प्रमुखमा आफू निर्वाचित भएपछि नेपाली काँग्रेसका धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव,प्रदेश सरकारका मन्त्री सरोज यादव,मुख्यमन्त्री सतिश प्रसाद सिँह,तत्कालिन शिक्षामन्त्री महेश यादव,नेपाली काँग्रेसकी समानुपातिक साँसद मुक्ता देवी यादव आउँदा स्थानीय सरकारसँग कहिल्यै समन्वय नगरेको गुनासो पोखे । 
उनले केन्द्र सरकारबाट समेत भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,तत्कालिन संघीय मामिला मन्त्री अनिता देवी साह,पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगमन भएको सुनाउँदै कुनै बेला उनका कार्यकर्ताहरुले स्थानीय सरकारसँग समन्वय गर्न नदिएको आक्रोस पोखे । उनले आफू अन्य राजनीतिक दलबाट निर्वाचित भएको कारण यहाँ आउने मन्त्री साँसदहरुलाई उनका यहाँका लोकल कार्यकर्ताहरुले राजनीति पार्टीको हिसाबले समन्वय गर्न नदिएको आरोप लगाए । 
उनले निर्वाचित जनप्रतिनीधि कुनै एक दलको नभएको बताउँदै यहाँका नेता कार्यकर्ताहरुले दलगत व्यवहार देखाउँदै आएको बताए । उनीहरुले नै केन्द्र र प्रदेशका मन्त्रीहरुलाई कान भरेर समन्वय गर्न नदिएको आरोप लगाए । उनले जनकनन्दिनी गाउँपालिकामा शसर्त अनुदान, बिशेष अनुदानमा समेत कटौती गरेर विभेद गरेको आरोप लगाए । उनले लेटरप्याडमा लेखेर समेत प्रदेश र केन्द्र सरकारलाई बजेटको लागि आग्रह गर्दा दलगत हिसाबले नै व्यवहार भोगेको बताए । केही बजेटहरु केन्द्र र प्रदेशबाट ल्याउन सफल भएको बताए । उनले त्यस बजेटमा समेत काँग्रेसले राजनीति सुरु गरेको आरोप लगाए ।