मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

स्वास्थ्य क्लिनिक

संस्कृति

बालेन शाह

ललितपुर महानगरपालिका

राप्ती गाउँपालिका

विश्व सम्पदा

तुलसीपुर उपमहानगरपालिका

तीनपाटन गाउँपालिका

प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार शाहका अनुसार, प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीद्वारा ४१६ जनाको निःशुल्क उपचार गरिएको छ। विभिन्न वडाबाट बिरामीहरु शिविरमा उपस्थित भएका थिए,जहाँ सामान्य चिकित्सा, हाडजोर्नी,स्त्री तथा प्रसूतिरोग,शल्यचिकित्सा,बालरोग,दन्तरोग,मानसिक रोग,र अन्य चेकअप सेवा प्रदान गरिएको थियो ।

विवेक मण्डल

बुध, असोज २३, २०८१ | १४:३८ बजे

काठमाडौँ 
असोज २३ गते,
दसैंको पावन अवसरमा, लुम्बिनी प्रदेश प्रहरी अस्पतालले नरैनापुर गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। चाडपर्वको समयमा सबैले स्वस्थ रहन पाउने उद्देश्यका साथ यो शिविर आयोजित गरिएको हो।
नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार शाहका अनुसार, प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीद्वारा ४१६ जनाको निःशुल्क उपचार गरिएको छ। विभिन्न वडाबाट बिरामीहरु शिविरमा उपस्थित भएका थिए,जहाँ सामान्य चिकित्सा, हाडजोर्नी,स्त्री तथा  प्रसूतिरोग,शल्यचिकित्सा,बालरोग,दन्तरोग,मानसिक रोग,र अन्य चेकअप सेवा प्रदान गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले स्वास्थ्य उपचार सेवामा पछाडि परेको समुदायका लागि यस्ता शिविर महत्वपूर्ण रहेको बताउनु भएको छ। प्रहरी उपरीक्षक डा.अच्युत विक्रम हमालले पनि स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहोस् भन्ने चाहना व्यक्त गर्दै यो शिविरको महत्वलाई उल्लेख गर्नुभयो ।
शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी र नरैनापुरका विभिन्न वडाका स्थानीय बासिन्दा गरी ४१६ जनाको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधी वितरण गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology