Ad Image

अनुगमनको नाममा अनावश्यक दुख दिएको व्यापारीहरुको गुनासो,प्रशासन विरुद्ध प्रदर्शन

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1728621730.jpg

काठमाडौँ
असोज २५ गते,
अनुगमनको नाममा स्थानीय प्रशासनले अनावश्यक दुख दिएको राजविराजका व्यापारी व्यवसायीहरुले गुनासो गरेका छन् । अनुगमन विरुद्ध राजविराजमा बुधबार विरोध प्रदर्शनमा  उत्रिएका व्यापारी व्यवसायीहरुले  यस्तो गुनासो गरेका हुन् । 
 दसैं जस्तो चाडपर्वको समयमा पनि आर्थिक मन्दी खेपिरहेका व्यापारी व्यवसायीहरुमाथी अनुगमनको नाममा प्रशासनले अनावश्यक दुख दिएकोले विरोध प्रदर्शनमा उत्रिएको उनीहरुले बताए । 
अनुगमनको विरोधमा बजार बन्द गर्दै  आन्दोलनमा उत्रिएको  एक व्यापारीले बताए । व्यापारीहरुले राजविराजको मिनी मार्केट अगाडि सडकमै बाँस तेर्स्याएर टायर बालेर विरोध  प्रदर्शन गरेका छन् ।
बुधबार दिउँसो भगवती मन्दिर रोडमा रहेको गोपाल एण्ड वजरंग ट्रेर्डसमा कर कार्यालय,स्थानीय प्रशासन र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको टोलीले अनुगमन गर्दा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएपछि चुरोट नियन्त्रणमा लिएको थियो । 
अनुगमन समितिले नियन्त्रणमा लिएको चुरोटमा नक्कली स्टिकर नभएको दावी गर्दै दुख दिने नियतबस यस्तो गरिएको व्यापारीहरुको आरोप छ । 
खुल्ला सीमाका कारण सिमामा तस्करी रोक्न प्रहरी प्रशासन असफल भएको भन्दै तस्करी रोक्नुपर्ने  व्यापारीहरुले माग गरेका छन् ।  प्रहरीकै मिलेमतोमा तस्करी हुने र ती सामान व्यापारीले किन्दा अनुगमन समितिले पक्राउ गरी दुःख दिने गरेको उनीहरुले गुनासो गरेका छन् । 
दसैंको समयमा बजार बन्द हुँदा सेवाग्राही  मर्कामा परेका छन् भने  सम्पुर्ण सेवा  प्रभावित भएका छन् ।