Ad Image

मामा ससुरालाई नगरको जिम्मेवारी दिएर हर्क सम्पाङ लण्डनमा,मेयरकै कार्यकक्षमा सारे फागोले टेवल कुर्सी

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1729178731.jpg

काठमाडौँ
कार्तिक २ गते,
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर एवम् वडाध्यक्ष लोकेन्द्रकुमार फागोले आफ्नो कार्यकक्ष मेयर हर्क साम्पाङको कार्यकक्षमा सारेका छन् ।
मेयर साम्पाङ लण्डन भ्रमणमा हिँडे लगत्तै फागोले आफनो कार्यकक्षबाट टेबल कुर्सीलगायतका सामग्री मेयरको कार्यकक्षमा सारेका छन । बुधबार साम्पाङको कार्यकक्षमा ताला लागेको भएपनि विहिबार ताला खोलेर फागो त्यहीँ बसेर काम गरिरहेका छन् ।


मेयर साम्पाङले उपमेयरलाई बाइ पास गरेर ११ नम्बर वडाका अध्यक्ष फागोलाई बुधबारबाट लागु हुने गरी कार्यवाहक दिएका छन् । आफू हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको पत्र दिएपछि उपमेयर आइन्द्रविक्रम बेघाले भने कानूनी उपचार खोज्ने बताएका छन् ।
वडाध्यक्ष फागोले भने आफूले मागेर कार्यवाहक नलिएको भन्दै मेयरले दिएपछि जिम्मेवारी लिएको बताए। आफूलाई कार्यवाहकको जिम्मेवारी दिएको विषयको जिम्मा मेयरले नै लिने उनको भनाई छ। वडाध्यक्ष फागो नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित भएका हुन् ।


वडाध्यक्ष फागो नातामा मेयर साम्पाङका मामा ससुरा हुन । मामा ससुरालाई नगरको जिम्मेवारी सुम्पिएर साम्पाङ श्रीमती र छोरासहित लन्डन गएका हुन ।