Ad Image

वर्षा र बाढीले इनरुवा, धरान र दुहबी पालिकामा १५ करोडको क्षति

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1729230863.jpg

सुनसरी, कात्तिक २ । हालैको बाढीबाट इनरुवा, धरान र दुहबी पालिकामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख रुपैयाँ र दुहबी नगरपालिकामा एक करोड २० लाख रुपैयाँ र बाँकी इनरुवा पालिकामा गरी १५ करोड रुपैयाँ रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । इनरुवामा  दुई बिघामा गरिएको सागसब्जी तथा  केराखेतीमा पनि क्षति भएको छ ।