Ad Image

किन्नै नसकिनेगरी महंङ्गियो सुन

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1729410212.png

काठमाडौँ, कात्तिक ४ः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

पछिल्लो तीन चार वर्षको अवधिमा सुनको मूल्य उच्चस्तरमा बढेको छ ।