Ad Image

राहत अनुदानमा प्राप्त सामाग्रीमा भन्सार छुट

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1729417204.jpg

काठमाडौँ 
कार्तिक ४ गते,
सरकारले विपद्‌पछिको राहत र पुन निर्माणका लागि अनुदानमा प्राप्त हुने सामाग्रीहरूमा भन्सार छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनर्निर्माणका लागि अनुदानमा प्राप्त हुने मालवस्तुमा भन्सार महसुस छुट दिने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद्‌बाट प्रताडित नागरिकका लागि छिमेकी राष्ट्रहरू र दातृ निकायहरूबाट नेपाल सरकारलाई अनुदानमा प्राप्त हुने राहत र पुनर्निर्माणसम्बन्धी सामाग्रीहरूमा भन्सार महसुल छुट दिने निर्णय भएको जानकारी दिए ।
असोज ११ र १२ गतेको भारी वर्षा र बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत राहत,पुनर्स्थापना र पुनर्निर्माणका लागि सहयोग गर्न आह्वान गरेको छ । त्यहीअन्तर्गत सहयोगमा प्राप्त हुने सामाग्रीहरूको आयातलाई सहज बनाउन सरकारले यस्तो निर्णय गरेको हो ।