Ad Image

सुस्त श्रवण भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1729487348.jpg

काठमाडौँ 
कार्तिक ५ गते,
श्री जनहित पवनलाल आधारभूत विधालय खडक नगरपालिका ३ बनरझुलाका सुस्त श्रवण भएका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण चौधरीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख विजय कुमार मण्डलको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका बीच फरक क्षमता भएका २० जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
 

सबल नेपालद्वारा उपलब्ध गराईएको उक्त शैक्षिक सामाग्री प्रमुख अतिथि मण्डल,नेपाली काँग्रेस सप्तरीका उपसभापति राम कुमार यादव,शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख, शिक्षा अधिकृत विदुर विक्रम थापा,विद्यालयका संस्थापक विरेन्द्र कुमार चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण चौधरी, सबल नेपालका शिक्षा कार्यक्रम अधिकृत राधेश्याम राम,सेभ द चिल्ड्रेनका पूर्व कर्मचारी देवविलास यादव,स्थानीय युवा जीव नारायण चौधरीलगायतले छात्रछात्राहरुलाई प्रदान गरे ।
जनही झोला,पोशाकसहितको १३ किसिमको ३ हजार १ सय मुल्य बराबरको शैक्षिक सामाग्री विद्यालयमा अध्यनरत २० जना सुस्त श्रवण भएका छात्रछात्रालाई प्रदान गरिएको सबल नेपालका शिक्षा कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले जानकारी दिए । 


विद्यालयद्वारा आयोजित शैक्षिक सामाग्री वितरण,दिपावली,छठ,सामाचकेवा पर्वको शुभकामना आदानप्रदान तथा फेरी फेटौला कार्यक्रममा जनप्रतिनिधि,पत्रकार,सहयोगी संघसंस्थाका प्रतिनिधि,शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।