Ad Image

अब वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिने

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1729502437.jpg

काठमाडौँ, कात्तिक ५: राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गुल्मीको वडा वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत् वितरण गरिँदै आएको राष्ट्रिय परिचयपत्र अब वडा वडामा पुगेर दिइन लागेको हो । 

आउँदो कात्तिक ८ गतेबाट वडा वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि विभागले सरोकारवालासँग छलफल गरिसकेको छ । 

गुल्मीको स्थानीय तहमा पुगेर एक लाख २९ हजार ३५९ जनाको विवरण संकलन गरिएको थियो । विभागले स्थानीय तहमा पुगेर संकलन गरिएकाको वडा वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो ।