Ad Image

कृषि सर्बेक्षणको काम तत्काललाई रोक्न संघीय सरकारले पठायो स्थानीय सरकारलाई पत्र

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1729505683.png

काठमाडौं, कात्तिक ५ः यो आर्थिक वर्षका लागि संघीय सरकारले अगाडि स्वीकृत गरेको बजेटअनुसार कृषि सर्बेक्षणको तयारीमा रहेका स्थानीय तहहरुलाई तत्कालका लागि उक्त काम नगर्न परिपत्र गरेको छ ।

एक पत्रमार्फत सबै स्थानीय सरकारहरुलाई परिपत्र गर्दै संघीय मामिला तथा स्थानीय मन्त्रालयले फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट र वल्ड बेङ्कलगायतले सर्बेक्षणमा थप लगानी गर्ने भएपछि अहिलेलाई स्थानीय तहहरुमा कृषि सर्बेक्षणको काम नगर्न परिपत्र गरेको हो ।

कृषि विकास रणनीति तथा समन्वय कार्यक्रम अन्तर्गत हुनै लागेको कृषि सर्बेक्षण अहिलेलाई स्थागित गर्न संघीय सरकारले स्थानीय तहहरुलाई परिपत्र गरेको हो । यसअघि संघीय सरकारले स्थानीय तहहरुमा कृषि, पशुपक्षी तथा मत्स्य सर्वेक्षणका लागि ६० हजारको सशर्त अनुदान दिएको थियो ।

अन्य अन्तर्राष्ट्रिय संस्थाहरुले पनि अनुदान थप गर्ने भएकाले अहिलेलाई उक्त काम स्थागित गर्न संघीय सरकारले अनुरोध गरेको हो ।