Ad Image

काठमाडौं महानगरले माग्यो करार कर्मचारी (सूचनासहित)

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1729702096.jpg

काठमाडौं, कात्तिक ७: काठमाडौं महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार  महानगरले १०८ जना करारमा पदपुर्ति गर्नको लागी सुचना प्रकाशित गरेको हो ।

महानगरले प्रकाशित गरेको सूचनामा लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि करारमा कर्मचारी माग गरिएको छ ।

महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना मागेको छ ।

यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ ।

महानगरका अनुसार दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र  दिन सकिने  छ ।