Ad Image

अब एप्सबाटै स्थानीय सरकारलाई कर तिर्न सकिने

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730198931.jpg

काठमाडौँ । देशभरका स्थानीय तहहरुलाई अब मोवाइल एप्लिकेशसबाटै कर तिर्न र स्थानीय तहहरुले कर संकलन गर्न पाउने भएका छन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालयले स्थानीय तहमा राजश्व भुक्तानीका लागि मोवाइल एप्लिकेसन संचालनमा ल्याएको जनाएको छ । 

Local Revenue-LLRP नामको यो एप्लिकेशन एन्ड्रोइड र आइओएस दुबैखाले मोवाइलमा डाउनलोड गर्न सकिने कार्यालयको भनाइ छ । 

हालसम्म स्थानीय तहमा कर तिर्नका लागि स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) र लोकल लेभल रेभेन्यु पोर्टलमार्फत यस्तो कर तिर्न सकिने व्यवस्था थियो । 

अब मोवाइल फोनमा एप्स डाउनलोड गरेर एप्समार्फत नै सोझै कर तिर्न सकिने व्यवस्था गरिएको कार्यालयको भनाई छ । 

गुगल प्ले स्टोरबाट एप्स डाउनलोड गरेपछि एप्सभित्रैबाट कर तिर्ने प्रक्रिया सिक्न सकिने कार्यालयको भनाइ छ