Ad Image

वडा अध्यक्षले स्थापना गरे धनुषाको ललियामा संकटमोचन हनुमानको प्राणप्रतिष्ठा

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730346107.jpg

 काठमाडौं
कार्तिक १५ गते,
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया टोलमा नव निर्मित  संकटमोचन  हनुमान मन्दिरमा हनुमानको मुर्ति स्थापना  गरी प्राणप्रतिष्ठा गरिएको छ ।

हनुमान जयन्तीको अवसर नव निर्मित संकटमोचन हनुमान मन्दिरको समुदघाटन तथा हनुमानको मुर्ति  स्थापना गरी  प्राणप्रतिष्ठा गरिएको हो । प्राणप्रतिष्ठा कार्यक्रममा ललिया गाउँ हिन्दु धर्मावलम्बी ,समाजसेवी, बुद्धिजीवी , हनुमान आराधना मिथिला बिहारी-५ ललिया शाखाका सदस्यहरुको समेत उपस्थित रहेको थियो । 

नव निर्मित हनुमान मन्दिरको समुदघाटन तथा मुर्ति प्राणप्रतिष्ठा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डलले गरेका थिए । वडा अध्यक्ष  मण्डलले आफ्नो निजी लगानीमा हनुमान प्रतिमा किनेर प्राणप्रतिष्ठा गराएका हुन्  ।