Ad Image

महामन्त्री शर्माको नेतृत्वमा कांग्रेसले बनायो स्थानीय तह उपनिर्वाचन संयोजन समिति

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730345790.jpg

काठमाडौं
कार्तिक १५ गते,
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ अनुसार महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति गठन भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समितिमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री जीवन परियार,  प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्य मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन् ।