Ad Image

प्रधानमन्त्री ओलीविरूद्ध सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाई पक्राउ

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732002531.jpg

काठमाडौँ, मङ्सिर ४: सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ ।

 

साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । 

 

प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध कम्बोडियामा लगानी गरेको अभियोग लगाएका थिए । उनले एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कम्बोडियामा करोड डलर रूपैयाँ लगानी गरेको अभियोग लगाएका थिए ।