Ad Image

टोखा नगरपालिकाले पायो ‘एक्सिलेन्स अवार्ड’

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732013600.jpg

काठमाडौँ । टोखा नगरपालिकाले ‘एक्सिलेन्स अवार्ड’ पाएको छ ।

 

चाइना इन्टरनेसनल फ्रेण्डसिप सिटी कन्फ्रेन्स २०२४ मा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो । 

 

चीनको कुन्मिङ सहरमा नोभेम्बर १७ मा सुरु भएको चारदिने सम्मेलनमा नगर प्रमुख अधिकारी पनि सहभागी भएका थिए । 

 

१३० देशका नगरपालिकाका प्रतिनिधि सहभागी सम्मेलनमा टोखा नगरपालिकालाई कोभिड–१९ को महामारी नियन्त्रणमा गरेको महत्वपूर्ण योगदानको कदर स्वरूप आयाेजकले एक्सिलेन्स (उत्कृष्टता) अर्वाड प्रदान गरेको हो । 

 

चीनले विश्वका विभिन्न देशका नगरपालिकाहरुसँग भगिनी सम्बन्ध गाँसेर उत्कृष्ट कार्य गर्ने नगरपालिकाको सम्मेलन गरेको हो ।