Ad Image

स्थानीय तह उपनिर्वाचन: तीन स्थानका उम्मेदवार निर्विरोध, अन्य उम्मेदवारलाई दिइयाे चुनाव चिह्न

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732106671.jpg

काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

 

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त ४१ पदका उम्मेदवारलाई बुधबार चुनाव चिह्न दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

 

उनका अनुसार ओखलढुंगा र कैलाली जिल्ला विकास समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी भूल र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

 

बाँकी ४१ पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदै छ ।