Ad Image

तारकेश्वर नगरपालिकाका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732178907.jpg

काठमाडौँ । तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।

सेवाग्राहीसँग घुसवापत २० हजार रुपैयाँ लिएको अवस्थाामा पक्राउ परेका उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।  

जग्गाको कित्ताकाट गरी सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले अमिन चौलागाईंविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार चौलागाईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को कसुरमा बिगो २० हजार रुपैयाँ कायम गरी बिगो बमोजिम जरिमााना सजायको माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।