Ad Image

बीरगन्जको एक गोदाममा प्रहरीको छापा, १२ लाख मूल्यका भन्सार छलीका कपडा बरामद

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732281551.jpg

बीरगन्ज, मंसिर ७: वीरगन्जको लिंकरोडस्थित एक गोदामबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका लत्ताकपडा बरामद भएको छ ।

 

सशस्त्र प्रहरी बल भन्सार कार्यालय शुक्रबार विहान ९ बजे गरेको छापामारीबाट ठूलो परिमाणमा भन्सार छली गरेर राखिएको कपडा बरामद गरेको हो ।

 

भन्सार छली गरेर भण्डारण गरिएका करिब १२ लाख मूल्य बराबरको लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल भन्सारका डिएसपी सुरज रिजालले बताए । उनका अनुसार बरामद सबै सामान सर्टिङ, सुटिङका छन् ।

 

भाडाको गोदामबाट बरामद भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।