Ad Image

२६ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1732601367.png

काठमाडौँ । चालु साताको दोस्रो दिन सोमबारबाट सुनको भाउ सस्तो हुन थालेको छ । सोमबार तोलामा १५ हजार ९०० रुपैयाँले घटेको छापावाल सुनकाे भाउ मंगलबार २ हजार ६०० रुपैयाँले घटेको छ । 

सोमबारको तुलनामा मंगलबार २६ सयले घटेर प्रतितोला छापावाल सुन १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।