Ad Image

स्थानीय उपनिर्वाचन प्रचारप्रसार अन्तिम चरणमा, कीर्तिपुरमा आज कांग्रेस, एमाले र माओवादीको चुनावी सभा

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1732783916.jpg

काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा बिहीबार प्रमुख तिन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चुनावी सभा गर्दैछन् ।


कीर्तिपुरमा विभिन्न पार्टीहरू र स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् । 


मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ । चुनावी प्रचारप्रसारको अन्तिम दिन आज ठूला दलहरूले चुनावी सभा गर्न लागेका हुन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बुधबार नै चुनावी सभा गरिसकेको छ ।


कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लोकतान्त्रिक चोक कीर्तिपुरमा हुने चुनावी सभालाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

एमालेले कीर्तिपुरको पाँगामा चुनावी सभा गर्दैछ । बिहीबार दिउँसो महासचिव शंकर पोखरेललगायतले उक्त चुनावी सभालाई सम्बोधन गर्नेछन् ।


साथै माओवादीले पनि कीर्तिपुरको नगाउँ दोबाटोमा चुनावी सभा गर्दैछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यहाँ माओवादीका उम्मेदवारलाई एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)ले स्वतन्त्र उमेद्वार राजमान मानवलाई समर्थन गर्ने जनाएको छ । बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न पाईनेछैन । मौन अवधि सुरू हुनेछ । चुनावी प्रचारप्रचारको अन्तिम दिन दलहरूले कोणसभालाई सम्बोधन गर्न लागेका हुन ।

 

मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ मध्ये तिन स्थानिय तहमा उमेदवारहरु निर्विरोध विजेता भैसकेका कारण ४१ पदका लागि मात्र स्थानीय तह उपनिर्वाचन हुँदैछ ।