Ad Image

बन्दीपुर गाउँपालिकाको खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि १८ लाख देउसी भैलो बाट संकलन

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1732858460.jpg

तनहुँ  ।  बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि रु १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो ।  

 

मन्दिर निर्माणका लागि रु ३० लाख आवश्यक पर्ने उनले बताए । बन्दीपुर गाउँपालिकाले भने रु. चार लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । 

 

अर्थ सङ्कलनमा सहयोग जुटाउने अभियानमा मन्दिर पुनर्निर्माण समिति र सल्लाहकार समितिका पदाधिकारी जुटेका छन् ।

 

हरेक वर्ष यो मन्दिरमा शारदीय अष्टमीको र चैत्राष्टमीका दिनमा  मेला लाग्ने गर्छ । औँसी र एकादशी दिनबाहेक अन्य दिन नित्य पूजा हुने गरेको छ । वि.सं २०३२ मा स्थानीय सन्तबहादुर थापाको अगुवाइमा मन्दिर निर्माण भएको हो ।