Ad Image

एमालेले गर्‍यो कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा मानन्धरको नाम सिफारिस

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730509325.jpg

काठमाडौं
कार्तिक १७ गते,
ने.क.पा (एमाले)ले मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । 
 

एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले डा.मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए । डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् । 
 

नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

 

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त भएको हो । उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ ।